धमाका संवाददाता
दैलेख पुस १६
दैलेखमा देखिएको छाउपडी समस्या समाधानका लागि यसको मुल कारण खोजी गरिएको छ । जिल्लामा रहेका सरोकारवाला निकायहरु, सम्वन्धित कार्यालय प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु लगायतको उपस्थितीमा यसको मुल कारण खोजी गर्न थालिएको हो । सम्भव कार्यक्रम अन्तरर्गत एभरेष्ट क्लव दैलेखको सहजिकरणमा यस्तो अभियान थालिएको हो ।
सरकारले छाउपडी निर्देशीका जारी गर्दै कुनै पनि महिलाहरुलाई छाऊ प्रथाकै कारण हेला वा अन्य हिंसा जन्य गतिविधि गर्न नपाईने बताईसकेको भएपनि जिल्लास्तरमा निर्माण गरिएको संरचनागत कार्यसैलीमा समेत अहिले सम्म निखार नआएको सहभागिहरुले गुनासो गरेका छन् ।
गाउँमा देउता रिसाउने, परम्परागत सोच, शासु सुसुरा, धामि झाँक्री लगायतको दवावमा परेर महिलाहरुले अहिलेपनि छाउगोठमा कष्ठकर जीवन बिताउन बाध्य भएका छन् । कतिपय किशोरीहरुलाई छाउपडी हुँदा रगत व्यवस्थापनमा समस्या उत्पन्न हुने भएकोले स्थानीय स्तरमै प्याड निर्माण गर्ने, परिवारसँगै बसेर जनजेतना फैलाउनुपर्ने लगायतका कुराहरुलाई जोड दिनुपर्ने बताए ।
एभरेष्ट क्लवले दैलेख जिल्लामा छाउपडी व्यवस्थापन सम्बन्धि राजनैतिक दल, महिला संगठनका प्रमुख, स्थानीय पत्रकार, स्वास्थ्य, शिक्षा, लगायतका सम्बन्धित सवै व्यक्तिहरुसँग बहस छलफल र गरि दिगो समाधानका लागि महत्वपुर्ण योजना निर्माण गर्न थालिएको अध्यक्ष दिपक शाहीले जानकारी दिएका छन् ।
समाजमा रहेको कुसस्कारलाई न्युनिकरण गर्नको लागी महिलाहरुलाई जनचेतना कार्यक्रम, घरभित्रै बसाई व्यवस्थापन गर्ने, धार्मीक अन्धविश्वास हटाउने कार्य गर्न सुरु गरिएको प्रति सहभागिहरुले धन्यवाद दिएका छन् ।
जिल्लाको पश्चिममा पर्ने धेरै जसो गाउँ विकास समितिहरु छाउपडी मुक्त गाविस घोषणा भइसकको तत्थ्याँक जिल्लामा देखिन्छ । ती स्थानहरुमा अहिलेपनि छाउपडी प्रर्था कायमै रहेको छ । दैलेखमा छाउपडी उन्मुलनका लागि सुर्खेतको एक गैर सरकारी संस्थाले बिगत २ बर्षदेखि पश्चिमका बिभिन्न गाविसहरुमा काम गर्दै गर्दा अनुमानीत २ करोड भन्दा बढी रकम खर्च भैसकेको जनाईएको भएपनि अहिले सम्म उपलब्धि हात पर्न नसकेको बिश्लेषण गरिएको छ ।
कागजमा मात्रै प्रगती दोउन यस्ता पद्धतीको न्यूनिकरणका लागि जिल्लाका जिम्मेवार निकायहरुले समेत यसवारे पुनः खोजी गरि तत्थ्य कुरा बाहिर ल्याउनुपर्ने माग नागरिकहरुले गरेका छन् ।









